
पोखरा – तमु ल्होसार पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो ।
पुस १५ गते तमु ल्होसार पर्व परेकोले गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ ।
गण्डकी प्रदेश विशेषतः गुरुङहरूको बाहुल्यता रहेको प्रदेश भएको र सो दिन उनीहरूको प्रमुख चाड तमु ल्होसार अवसरमा बिदा दिने निर्णय भएको जनाइएको छ । बिदाका लागि तमु समुदायले सरकारलाई दबाब दिँदैआएका थिए ।