२४ जेठ २०८३, आइतबार

८० हजार घुससहित २ इन्जिनियर पक्राउ

८० हजार घुससहित २ इन्जिनियर पक्राउ

बुटवल–रुपन्देहीको सुद्दोधन गाउँपालिकाका २ जना इन्जियर घुस रकमसहित पक्राउ परेका छन् । 

इन्जिनियर कपिल अर्याल र  सब इन्जिनियर लक्ष्मण ढुंगाना पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले २ जनालाई ८० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । 

दुवैजनाले  नक्सा पास गराइदिने भन्दै सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्