
काठमाडौं– ट्राफिक प्रहरीले यात्रुसंग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकमाथि कारबाही तीब्र बनाएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार आज मात्रै ३९ जना ट्याक्सी चालकहरु कारबाहीमा परेका छन ।
प्रहरीले उपत्यकाका बिभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकहरुलाई कारवाहि गर्दै आएको छ ।