२४ जेठ २०८३, आइतबार

काँग्रेसले सत्ताको ‘ह्याङओभर’ छाड्नुपर्छः सिटौला

काँग्रेसले सत्ताको ‘ह्याङओभर’ छाड्नुपर्छः सिटौला

काठमाडौँ– नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काङ्ग्रेसले धेरै समय सत्ता चलाइसकेको भन्दै अहिले सत्ताको ‘ह्याङओभर’ छाडेर सङ्घर्षको मैदानमा जानुपर्ने बेला आएको बताएका छन् । 

नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । 
 उनले संसद् र नेपाली काङ्ग्रेसमा व्यक्तिगत स्वार्थ हावी हुँदै गएकाले मुलुकले विकासको गति लिन नसकेको पनि बताए । 
 “व्यक्ति र राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थ हावी हुनु मुलुकका लागि राम्रो होइन”, उनले भने । 

केन्द्रीय सदस्य गगनकुमार थापाले प्रजातन्त्र, राष्ट्रियता र सामाजिक आन्दोलनका नेता विश्वेश्वरप्रसाद कोइराला भएको बताए भने अर्का केन्द्रीय सदस्य उमाकान्त चौधरीले दुई तिहाइको बहुमत भएको सरकारले जनताको भावनानुसार काम गर्न नसकेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्