१६ असार २०८३, मंगलबार

जिन्सको पाइन्ट लगाउनुहुन्छ ? होस गर्नुस् नसासम्बन्धी समस्या होला !

जिन्सको पाइन्ट लगाउनुहुन्छ ? होस गर्नुस् नसासम्बन्धी समस्या होला !

अहिले जिन्सको कपडाको प्रयोग नगर्ने मानिस नै हुँदैन भन्दा फरक पर्दैन । विभिन्न डिजाइनका जिन्सका पाइन्ट र ज्याकेटहरु लगाउने युवा पुस्ताको ठूलो जमात रहेको छ । आकर्षक देखिने भएकाले जिन्स सबैको रोजाइमा पर्छ ।

तर जिन्सको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिन जरुरी छ । कसिला खालका जिन्सका कपडा प्रयोग गर्दा नसा सम्बन्धी समस्या उत्पन्न हुन सक्छ । 

जिन्स लगाउँदा र किन्दा निम्न कुरामा ध्यान दिन जरुरी छ । 

धेरैजसोले टाइट जिन्स लगाउँछन् । टाइट जिन्स लगाउँदा नसासम्बन्धी समस्या सिर्जना हुनसक्छ । 

टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गै तिघ्रामा पीडा हुन सक्छ । 

टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ । 

लामो समयसम्म टाइट जिन्स लगाएर हिँडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ ।
 
जिन्स खरिद गर्दा 

बजारमा दुई दर्जनभन्दा बढी जिन्सका ब्रान्ड छन् । 

जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनु राम्रो हुन्छ । 

टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने किसिमको जिन्स खरिद गर्नुपर्छ । 

जिन्स किन्दा रंगमा ध्यान दिनुपर्छ । काममा जाँदा गाढा रंग तथा घुम्न जाँदा हल्का रंगको जिन्स लगाउनु उपयुक्त मानिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्