१२ असार २०८३, शुक्रबार

इशा गुप्ताको फोटो फेरि बन्यो भाइरल

इशा गुप्ताको फोटो फेरि बन्यो भाइरल

फिल्म, अभिनयका कारणले भन्दा पनि इशा गुप्तालाई उनको बोल्ड लुक्स र सेक्सी ड्रेसअप कारण चिन्ने गरिन्छ । इशालाई दर्शकले पर्दामा हेर्न नपाएको पनि वर्षौं भइसक्यो । तर, उनी समाजिक सञ्जालमा भने उत्तिकै सक्रिय देखिन्छिन् । इन्स्ट्राग्राममा आफ्ना तालतालका फोटा पोस्ट गर्ने गरेकी उनी अहिले ट्रोल बनेकी छिन् । 

इशाले हालै केही टपलेस फोटा पोस्ट गरेकी थिइन्, जुन फोटा अहिले भाइरल भइरहेका छन् । इशाको ती तस्बिरप्रति कतिपय प्रयोगकर्ताले भद्दा प्रतिक्रिया दिएका छन् । केहीले त उनलाई फ्लप हिरोइन भनेरसमेत उडाएका छन् । केहीले ‘तिमीले फिल्म पाउन छाड्यौ, तिम्रो यति दुःखदायी दिन पनि आयो’समेत लेखेका छन् । 

एकजनाको कमेन्ट छ, ‘शरम मान । बच्चा पनि इन्स्ट्राग्राममा हुन्छन् । तिमी हलिउडमा छैनौ । अलिकति दिमाग लगाऊ ।’ यति मात्र होइन, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिम्रो परिवारले यो सबै देखेर के भन्छन् होलान् !’ इशाले फोटोग्राफर राहुल झंगियानीले खिचेको तस्बिर पोस्ट गरेकी थिइन् । आफूले पाइरहेको गालीप्रति भने इशाले कुनै प्रतिक्रिया जनाएकी छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्