०१ असार २०८३, सोमबार

काभ्रेमा डढेलो नियन्त्रण गर्न पानी पोखरी

कात्तिक २०, २०७४
काभ्रेमा डढेलो नियन्त्रण गर्न पानी पोखरी
काभ्रे, २४ फागुन – सुख्खा वनमा डढेलोको त्रास बढेपछि काभ्रेपलाञ्चोक जिल्लाका सामुदायिक वनमा पोखरी निर्माणको काम सुरु भएको छ ।

सुख्खा वनमा डढेलो रोक्न पानीको आवश्यकता पर्ने भएका कारण पोखरीको निर्माण सुरु गरिएको जिल्ला वन कार्यालयका अधिकृत प्रेम खनालले बताए । “जिल्लाका झन्डै ५० प्रतिशत वन सुख्खाग्रस्त छन्, त्यसैले ती वनमा पोखरीको निर्माण सुरु गरिएको हो”, खनालले भने।

जलजले सामुदायिक वनमा गत वर्ष र अहिले गरेर दुई पोखरीको निर्माण भइसकेको र अन्य सामुदायिक वनमा सम्झौता गर्न सुरु गरिसकिएको उनले बताए ।

“यस मौसममा खनिएको पोखरीमा वर्षा याममा जम्मा भएको पानीमार्फत डढेलो नियन्त्रणका लागि सजिलो हुने छ”,उनले भने ।

जिल्ला वन कार्यालयले आधा रकम पोखरी निर्माणका लागि दिँदै आएको तथा आधा रकम सामुदायिक वन उपभोक्ता समितिले व्यहोर्दै आएका छन् ।

अन्य क्षेत्रमा पोखरीको निर्माणका लागि वन क्षेत्र समन्वय समितिसँग बैठक बस्नका लागि प्रक्रिया अघि बढाइएको खनालले बताए ।
काभ्रेपलाञ्चोक जिल्लामा मात्रै जम्मा पाँच सय २० सामुदायिक वन छन् । कार्यालयले हाल वनमा डढेलो नियन्त्रणका लागि तालिम सञ्चालन गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्