१० असार २०८३, बुधबार

अबदेखि शिक्षकका लागि  विषयगत अध्यापन अनुमतिपत्र

अबदेखि शिक्षकका लागि  विषयगत अध्यापन अनुमतिपत्र

काठमाडौँ–शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ । 

आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ । 

शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले जानकारी दिए । 

विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ ।
सरकारले शिक्षा ऐन २०२८ को सातौँ संशोधनपश्चात् विसं २०५९ देखि शिक्षक अध्यापनका लागि अनिवार्य अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको थियो । 

आयोगले अहिलेसम्म करीब पाँच लाखलाई शिक्षक अध्यापन अनुमतिपत्र वितरण गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्