
काठमाडौं — कोलम्बियाका राष्ट्रपति इभान डुक्युमाथि घातक आक्रमण हुनसक्ने भनी सुरक्षा एजेन्सीहरू सतर्क भएका छन् ।
कोलम्बियाका परराष्ट्रमन्त्री कार्लोस होम्सले डुक्युको हत्याको षड्यन्त्रका विषयमा जासूसी निकायहरूले खबर पाएको बताए । हालै भेनेजुएलामा तीनजना पक्राउ परेपछि अधिकारीहरूको चिन्ता झनै बढेको छ ।
होम्सका अनुसार, पक्राउ परेका तीनजनाबाट हतियार पनि बरामद भएको थियो ।
भेनेजुएला सरकारका तर्फबाट यससम्बन्धमा तत्कालै कुनै प्रतिक्रिया आएको छैन ।
परराष्ट्रमन्त्री होम्सले कोलम्बियालीहरूलाई राष्ट्रपतिको सुरक्षामाथि खतरा पु–याउने जोकोहीको पनि जानकारी प्राप्त भएमा बताउन आग्रह गरेका छन् । उनले सहयोगका लागि विदेशी जासूसी निकायहरूलाई पनि धन्यवाद दिएका छन्
।
एजेन्सी