
भारतीय फिल्म उद्योगका चर्चित व्यक्तित्व कादर खानको मृत्युको खबर सामाजिक सञ्जालहरुमा भाइरल भएका थिए ।
भारतसहित खानका फ्यान रहेका नेपाली फिल्म फ्यानहरुले उनको मृत्युमा समवेदनासमेत दिएका दिए । तर कादर खानका छोरा सरफराजले आफ्ना बुबा अस्पताल भर्ना भएपनि मृत्यु नभएको बताएका छन् ।
उनको भनाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार कादरको निधनको हल्ला झुठो हो । सरफराज भन्छन्,‘यो कुरा फर्जी हो र मात्र अफवाह हो, मेरो बुबा अस्पतालमा हुनुहुन्छ ।कादर खानलाई स्वास लिन असहज हुन्छ । चिकित्सकले उनलाई निरन्तर भेन्टिलेटरबाट हटाएका छन्,’
कादर खानको निधनको समाचार अल इण्डिया रेडियोको आधिकारिक ट्वीटर ह्यान्डलबाट पनि आएको थियो ।
एआइआरको ट्वीट पछि केही मिडियाले उनको मृत्युको समाचार प्रकाशन र प्रशारण गरेका थिए । बलिउड अभिनेता तथा संवाद लेखक काद खानको स्वास्थ्यमा समस्या छ र उनी अहिले क्यानडामा छन् ।