३१ जेठ २०८३, आइतबार

जिल्ला अदालत काठमाडौंका खरिदार घुस लिएको अभियोगमा पक्राउ

जिल्ला अदालत काठमाडौंका खरिदार घुस लिएको अभियोगमा पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्