
काठमाडौं — फिलिपिन्सको दक्षिणी भागमा रहेको एक शपिङ मलबाहिर सोमवार भएको विस्फोटमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
मिन्डानाओ टापुमा रहेको कोटाबाटो शहरमा रहेको साउथ सीज मलबाहिर आईईडी विस्फोट भएको आशंका प्रहरीले गरेको छ ।
नागरिक सुरक्षा कार्यालयकी प्रवक्ता मिन्डा मोरान्टेले विस्फोटमा दुईजना मारिएको र २३ जना घाइते भएको बताइन् । घाइतेहरूलाई अस्पताल पठाइएको छ ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन । उक्त क्षेत्रमा अबु सैयफ लगायत इस्लामी संगठनहरूको आतंककारी क्रियाकलाप हुने गरेको छ ।
एजेन्सी