११ असार २०८३, बिहीबार

सन् २०१८ मा युएईमा १०७ नेपालीको मृत्यु

सन् २०१८ मा युएईमा १०७ नेपालीको मृत्यु

काठमाडौँ–सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०७ नेपाली कामदारको मृत्यु भएको छ । 

जसमा आठ महिला र ९५ पुरुषको शव नेपाल पठाइएको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो । 

यस्तै मृतकमध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ । उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्