काठमाडौँ, २४ फागुन –महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले देशका ७५ वटै जिल्लामा प्रवद्र्धित महिला सहकारी संस्थामध्ये तीन संस्थालाई सर्वोत्कृष्ट ठहर गर्दै पुरस्कारको घोषणा गरेको छ ।
उक्त मन्त्रालयअन्तर्गत महिला तथा बालबालिका विभागको आजको निर्णयानुसार तनहुँको फुर्सेटारस्थित भानु महिला विकास बहुद्देश्यीय सहकारी संस्था, अर्घाखाँचीको किमडाँडास्थित लालीगुराँस महिला बचत तथा ऋण सहकारी संस्था र चितवनस्थित सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्थालाई एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पुरस्कृत गरिने भएको छ ।
पुरस्कृत प्रत्येक संस्थाले जनही एक÷एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।