२३ जेठ २०८३, शनिबार

सफ्ट ड्रिंक पिउन मात्र होइन, यसका अरू पनि छन् उपयोग

कात्तिक २०, २०७४
सफ्ट ड्रिंक पिउन मात्र होइन, यसका अरू पनि छन् उपयोग
काठमाडौं, २४ फागुन — खाजासित सफ्ट ड्रिंक पिउनु सामान्य कुरा हो । धेरै मान्छेलाई त सफ्ट ड्रिंक नपिई खाजा मीठो पनि लाग्दैन अनि पच्दैन पनि ।


गर्मीमा त सफ्ट ड्रिंकको खपत धेरै हुन्छ ।

तर धेर सफ्ट ड्रिंक पिउनु स्वास्थ्यका लागि हानिकारक छ । यसमा भएको चिनी र एसिडका अलावा सोडियम बेन्जोएट अनि पारोले गर्दा पनि यो हानिकारक भएको हो ।

दिनदिनै सफ्ट ड्रिंक पिउनुभयो भने अनेकथरी रोग लाग्छन् ।

तर सफ्ट ड्रिंकका अन्य पनि उपयोग छन् । घरका सानातिना काममा यसले धेरै सजिलो बनाउँछ ।

जानीनजानी कपालमा चुइंगम टाँसियो भने कपालै काट्नुपर्ने स्थिति आउँछ । चुइंगम वा ग्लु जस्ता च्यापच्याप लाग्ने चीज हटाउनका लागि त्यसमाथि कोल्ड ड्रिंक हाल्नुस् वा कपाल कोल्ड ड्रिंकमा डुबाउनुस् । एकछिनपछि चुइंगम कडा हुन्छ र कपालबाट झर्छ ।

विद्युतीय चियादानीमा जमेको दाग र खिया सफ ागर्नका लागि पनि सफ्ट ड्रिंक प्रभावकारी हुन्छ । चियादानीमा सफ्ट ड्रिंक हाल्नुस् र त्यत्तिकै छोडिदिनुस् । एकछिनपछि ड्रिंक फालेर भाँडोलाई ताजा पानीले धुनुस् । सबै दाग हराउँछन् ।

ट्वाइलेटको कमोडमा दाग लाग्यो भने सफ ागर्नका लागि सफ्ट ड्रिंक हाल्नुस् र एक घन्टाका लागि त्यत्तिकै छोडिदिनुस् । कमोड चम्किन थाल्नेछ ।

कपाल डाई गराउँदा कहिलेकाहीँ धेरै कालो हुन पुग्छ र नराम्रो देखिन्छ । यस्तो हुँदा कोकाकोलाले धोएर कलर हल्का बनाउन सकिन्छ ।

खाना पकाउने भाँडाहरू डढे भने स्पन्जको सहायताले तिनमा कोकाकोला हाल्नुस् र त्यत्तिकै छोडिदिनुस् । कालो हट्छ ।

कहिलेकाहीँ कपडा तथा अन्य कुरामा अचम्मको गन्ध आउँछ । यसो हुँदा पानीमा अलिकति कोकाकोला हालेर धुनुस् । गन्ध भाग्छ । तर कोकाकोला हालेर कपडा धुँदा वाशिङ मशिनमा चाहिँ हाल्नु हुँदैन ।

पुराना सिक्काहरू तथा खिया लागेका औजारलाई सफा गर्न सफ्ट ड्रिंकको प्रयोग गर्नुस् । स्पन्जमा कोल्ड ड्रिंक हालेर मजाले घोट्नुस् । पुरानो सामान चम्किन्छ ।

फूललाई ताजा राख्नका लागि फ्लावर पटमा पानीको ठाउँमा कोल्ड ड्रिंक हाल्नुस् ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्