१६ असार २०८३, मंगलबार

मिनी म्याराथुनमा सेनाका न्यौपाने विजयी

कात्तिक २०, २०७४
मिनी म्याराथुनमा सेनाका न्यौपाने विजयी
बेसीसहर (लमजुङ), २४ फागुन –सदरमुकाम बेसीसहरमा आयोजित मिनी म्याराथुन प्रतियोगितामा नेपाली सेनाका राजेन्द्र न्यौपानेले उपाधि जितेका छन् ।

जिल्लास्थित कृषक जागरण बचत तथा ऋण सहकारी संस्था (साकोस)को उत्सव महिनाका अवसरमा आयोजित प्रतियोगितामा पशुपतिप्रसाद गणका सेनानी न्यौपाने प्रथम भएका हुन् ।

मंगलवार बिहान भएको प्रतियोगितामा उदिपुरदेखि बेसीसहर बजारसम्मको ६ किमी दूरी २३ मिनेट १२ सेकेन्डमा पूरा गरी उनी प्रथम भएका हुन् ।

गत वर्ष आयोजित प्रतियोगितामा पनि उनी विजेता भएका थिए ।

एकचालिस जनाको सहभागिता रहेको सो प्रतियोगितामा पशुपतिप्रसाद गणकै चन्द्रबहादुर सुनुवार २४ मिनेट २५ सेकेन्डमा दूरी पार गरी दोस्रो तथा गौँडाका आदित्य थापा मगर २४ मिनेट ३५ सेकेन्डमा दूरी पार गरी तेस्रो भएका छन् ।

विजेतालाई प्रमाणपत्रसहित क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ७ हजार प्रदान गरिएको साकोसका खेल संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

साकोसले हरेक वर्ष फागुन महिनालाई उत्सव महिनाका रुपमा मनाउँदै आएको छ । सो अवसरमा निःशुल्क स्वास्थ्य शिविर, सहकारी मिडिया मैत्रीपूर्ण फुटबल प्रतियोगिता, २५ भन्दा बढी विद्यालयमा पाठ्यसामग्री वितरण, विविध साँस्कृतिक कार्यक्रमलगायत आयोजना गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्