०९ असार २०८३, मंगलबार

चीनलाई टक्कर दिन भारतले भुटानमा स्याटेलाइट सेन्टर राख्ने

चीनलाई टक्कर दिन भारतले भुटानमा स्याटेलाइट सेन्टर राख्ने

काठमाडौं — चीनलाई काउन्टर दिनका लागि भारतले रणनीतिक कदम उठाएको छ । भारतले भुटानमा स्याटेलाइट ट्य्राकिङ एन्ड डेटा रिसेप्सन सेन्टर स्थापना गर्न खोज्दैछ । 

उक्त क्षेत्रमा चीनले स्थापित गरेको यस्तै फसिलिटीलाई  टक्कर दिन भारतले रणनीतिक जवाफ दिएको छ ।

यस मामिलामा जानकारी राख्ने अधिकारीहरूले बताएअनुसार, भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले भुटानमा स्थापित गरेको ग्राउन्ड स्टेसनले स्ट्य्राटेजिक यासेटका रूपमा देशको शक्ति दुईगुणा बढाइदिनेछ । 

यसको लोकेसन भारत र चीनको बीचमा छ । 

चीनले भारतसँगको सीमा अर्थात् वास्तविक नियन्त्रण रेखाबाट १२५ किलोमिटर दूरीमा तिब्बतको नागरी नामक स्थानमा आधुनिक भूउपग्रह निगरानी केन्द्र र खगोलीय वेधशाला स्थापित गरेको छ । 

अधिकारीहरूले तिब्बतमा भएको यो केन्द्र अत्यन्तै शक्तिहाली भएको र त्यसले भारतीय भूउपग्रहहरूलाई ट्य्राक गर्नुका साथै त्यसले केही पनि देख्न नसक्ने बनाउने बताए । 

इसरोले भुटानमा स्थापित गर्ने ग्राउन्ड स्टेसनले भुटानलाई मात्र नभई दक्षिण एसियाको भूउपग्रहलाई लाभ हुने भारतको दाबी छ । दोक्लम गतिरोध झेलेको भारतका लागि यो महत्त्वपूर्ण रणनीति हो । 

शुक्रवार प्रधानमन्त्री स्तरको वार्तामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानमा इसरोको ग्राउन्ड स्टेसनको काम छिट्टै पूरा हुनेछ । भुटानका नयाँ प्रधानमन्त्री लोतेय शेरिङसँगको भेटघाटपछि मोदीले एक बयान जारी गर्दै भने,
‘अन्तरिक्ष विज्ञानमा भुटानको सहयोग एक नयाँ आयाम हो । यो परियोजना पूरा भएपछि भुटानलाई मौसमको जानकारी, टेलिमेडिसिन र विपत राहतसम्बन्धी सबै जानकारी प्राप्त हुनेछ ।’

इसरोले सन् २०१७ को मे ५ मा दक्षिण एसिया भूउपग्रह प्रक्षेपण गरेको थियो । 

यसैबीच भारतले भुटानको विकासका लागि उसको १२औं पञ्चवर्षीय योजनामा सहायताका लागि ४५ सय करोड रुपैयाँ दिने वाचा गरेको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्