
विराटनगर – पूर्वाञ्चल भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी, इटहरीमा रहनुहुने भएको छ । उहाँले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्नुहुनेछ ।
सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्नुभएको थियो । सो समय उहाँको क्रमसङ्ख्या ३२० थियो ।
वि.सं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी हुनुभएको थियो ।