१५ असार २०८३, सोमबार

प्रभू अनलाइन ट्रेडिङ बचत खाता सञ्चालनमा

प्रभू अनलाइन ट्रेडिङ बचत खाता सञ्चालनमा

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडले मंगलवारदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाइन कारोबारको राफसाफको लागि नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडले प्रभू बैंक लिमिटेडलाई नयाँ अनलाइन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाइन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ ।

अब प्रभू बैंकमा खाता हुने लगानीकर्ताले स्वचालित प्रणालीबाट अनलाइन शेयर कारोबार गरी शेयर खरिद बिक्रीबापत रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंकसम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायुक्त प्रभू अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको छ । 

प्रभू बैंक लिमिटेडले बुधवारदेखि सञ्चालनमा ल्याएको प्रभू अनलाइन टे«डिङ बचत खाताबाट लगानीकर्ताले घरमै बसीबसी सजिलै स्वचालित अनलाइन शेयर कारोबार गर्न तथा शेयर खरिद बिक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभू बैंकले सञ्चालनमा ल्याएको प्रभू अनलाइन ट्रेडिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभू बैंकबाट निःशुल्क ई–बैंकिङ सेवा उपलब्ध हुनेछ । 

प्रभू बैंकको प्रभू अनलाईन ट्रेडिङ बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाइन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्तालाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्