०१ असार २०८३, सोमबार

हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ

कात्तिक २०, २०७४
हत्या आरोपमा अष्ट्रेलियामा तीन नेपाली पक्राउ
काठमाडौं, २४ फागुन — अष्ट्रेलियामा तीन नेपाली पक्राउ परेका छन् । श्रीलंकाका एक व्यक्तिलाई मारेको आरोपमा उनीहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

४४, ३४ र ४८ वर्षका तीन व्यक्ति पक्राउ परेको भएपनि उनीहरुको जानकारी प्रहरीले गोप्य राखेको छ । प्रहरीले हिरासतमा राख्नको लागि अदालती कागजपत्र मिलाएर उनीहरुलाई थुनेको छ । उनीहरुले तारेखमा रिहा हुनको लागि निवेदन दिएका छैनन् ।

मारिएका व्यक्तिका साथीले आफ्नो साथीको हत्या भएपछि गुहार मागेका थिए । एडलेड भन्ने ठाउँको पेनफिल्ड गार्डेनमा उक्त घटना घटेको हो ।

त्यहाँको प्रहरीले एक विज्ञप्ती जारी गर्दै तीन जना नेपालीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले आफूहरुले ३९ वर्षका व्यक्तिको विभत्स हत्या भएको फेला पारेको समेत विज्ञप्तीमा लेखेको छ ।

प्रहरीका अनुसार त्यहाँको गुप्तचर निकायले तीन नेपालीको संलग्नता रहेको फेला पारेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ती तीन जनालाई अनुसन्धानको लागि आउँदो मे महिना सम्म हिरासतमै राखिने प्रहरीले जनाएको छ ।
मे महिनामा उनीहरुलाई थप सुनुवाईका लागि अदालतमा उपस्थित गराएपछि मुद्धाको किनारा लाग्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्