१७ असार २०८३, बुधबार

डा. केसीका मागलाई समेटेर चिकित्सा विधेयक प्रतिवेदन तयार, समितिलाई बुझाउने तयारी

डा. केसीका मागलाई समेटेर चिकित्सा विधेयक प्रतिवेदन तयार, समितिलाई बुझाउने तयारी

काठमाडौं–संसद्को स्वास्थ्य शिक्षा समितिअन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेर समितिलाई बुझाउने तयारी गरेको छ । सम्भवतः बिहीबारसम्म सहमति जुट्ने र समितिलाई प्रतिवेदन बुझाउने उपसमितिको तयारी छ । 

उपसमितिका संयोजक भैरवबहादुर सिंहले बुधबार समितिलाई प्रंतिवेदन बुझाउने तयारी भएपनि भाषागत रूपमा प्रतिवेदनलाई मिलाएर बिहीबार बुझाउने तयारी गरिएको जानकारी दिनुभयो । डा. गोविन्द केसीले उठाउनुभएका सम्पूर्ण विषय प्रतिवेदनले समेटेको प्रष्ट पार्दै बाहिर आएजस्तो उपसमितिमा कुनै पनि विवाद नरहेको उहाँले बताउनुभयो । 

सांसद् अन्जना विसङ्खेले चिकित्सा शिक्षा विधेयकमा सहमति भइसकेको जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्झौताको आधारमा नै अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । काठमाडाँै बाहिर मेडिकल कलेज खोल्नका लागि विधेयकले बाटो खोलिदिनुपर्छ भन्ने आफ्नो मत रहेको भन्दै उहाँले डा. केसीको माग पनि उपत्यका बाहिर मेडिकल कलेज खोल्नुपर्छ भन्ने रहेको बताउनुभयो । 

मन्त्री पोखरेलले सिटिइभिटिका कार्यक्रमहरू फेजआउट भन्दा पनि पाँच वर्ष्भित्र स्तरवृद्धि गर्ने विषय उपयुक्त हुने बताउनुभयो । आफूले जीवनमा कुनै पनि कलेजलाई सम्बन्धन नै नदिएको स्पष्ट पार्दै उहाँले कृषि र वनलाई सम्बन्धन दिएको पनि मन्त्रिपरिषद्मा रोकेको जानकारी दिनुभयो । 

सहमतिको विकल्प नरहेको भन्दै उहाँले मेडिकल कलेजलाई गैरनाफामुलक रुपमा लैजान सैद्धान्तिक सहमति भएको जानकारी दिनुभयो । सङ्घीय शिक्षा नीति बनिरहेको भन्दै उहाँले सवै विषय उक्त नीतिमा आउने बताउनुभयो ।, गोरखापत्रमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्