
मस्को– रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो ।
नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुले जनाएका छन् ।
मृत्यु हुनेमा छ जना बालबालिका रहेको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।