०९ असार २०८३, मंगलबार

विश्वका यस्ता देश जहाँ एउटा पनि नदी छैन तर छन् धनी !

विश्वका यस्ता देश जहाँ एउटा पनि नदी छैन तर छन् धनी !

पृथ्वीमा जमिन भन्दा धेरै पानीको मात्रा रहेको तपाईंलाई थाहा नै छ । तर विश्वमा यस्ता पनि देश छन् जहाँ पानी निकै बहुमुल्य चिज हो । जहाँ एउटा नदी पनि छैन र पानीको लागि निकै संघर्ष गरिरहेको छ । 

जसमध्ये साउदी अरब पनि एक हो जहाँको ९५ प्रतिशत हिस्सा मरुभूमी रहेको छ र यहाँ पानी एक मूल्यवान चीज हो । यो विश्वको सबैभन्दा ठूलो यस्तो देश हो जहाँ एउटा पनि नदी छैन । 

दुनियामा यस्तो कयौं देश छन् जहाँ एउटा पनि नदी छैन । जस्तै कुवेत, यूएई, कतार, ओमान, यमन, बहराइन, बहामास, मोनाको, माल्टा, तुवालु, किरबाती, मालदिव्स, कोमोरोस, भ्याटिकन सिटी, मार्शन आइल्याण्ड । 

सफा चिल्ला सडक, राम्रा भवन तथा एक अनुशासित देशको रुपमा नाम आउँदा सबैभन्दा पहिला साउदी अरबको नाम आउँछ । तर यस देशसँग जोडिएको यस्ता केही कुरा तपाइलाई थाहा नहुन सक्छ । 
साउदी अरब मध्यपूर्वमा अवस्थित एक सुन्नी मुस्लिम देश हो । 

यहाँको धरती बालुवायुक्त र मरुस्थल जलवायु छ । 

विश्वको अग्रणी तेल  निर्यातकर्ता देश साउदी अरब हो । 

यहाँ मुस्लिम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्का तथा मदिना रहेको छ ।

साउदी अबरमा कुनै संविधान छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्