१२ असार २०८३, शुक्रबार

चीनमा भोलिबाट हिउँको ठूलो फेस्टिभल शुरू हुँदै, १२ देशका १० हजार कलाकार समावेश

चीनमा भोलिबाट हिउँको ठूलो फेस्टिभल शुरू हुँदै, १२ देशका १० हजार कलाकार समावेश

काठमाडौं — चीनको हेलोङयाङ प्रान्तस्थित हार्बिन शहरमा संसारको सबभन्दा ठूलो वार्षिक आइस एन्ड स्नो फेस्टिभल शनिवारबाट आधिकारिक रूपमा शुरू हुँदैछ । 

पर्यटकहरूका लागि भने हिउँबाट बनेका कलाकृतिको प्रदर्शन शुरू भएको छ । हरेक वर्षजस्तै यसपालि पनि अनौठा कलाकृतिहरू देखिनेछन् । 

लगभग ६ लाख स्क्वेयर मिटरमा फैलिएको स्नो वर्ल्डमा हिउँबाट बनेका एक सयभन्दा बढी मन्दिर र कलाकृतिहरू छन् । त्यसलाई दुई लाख घन मिटर हिउँबाट तयार पारिएको छ । 

यस वर्ष फेस्टिभलमा पूरै हिउँले बनेका महलहरूबाहेक भगवान् बुद्धको ४५ सय क्युबिक मिटरबाट बनेको मूर्ति पनि मानिसहरूमाझ चर्चाको विषय बनेको छ । महलहरूमा राति ३डी लाइट शो पनि प्रदर्शन गरिनेछ । अनि ३४० मिटर
लामो हरियो रंगको प्रकाशले जिएको आइस स्लाइडहरू पनि देखाइनेछ । 

यी अनौठा कलाकृतिलाई चीन र संसारभरिका १२ देशका १० हजार कलाकारले बनाएका हुन् । उनीहरू माइनस १० देखि माइनस २० डिग्री तापक्रमको बीचमा यसलाई बनाएका हुन् । 

जाडो महिनामा ठूलो संख्यामा आइस सिटी नामबाट चर्चित शहर हार्बिनमा पर्यटकहरू पुग्ने गरेका छन् । सन् २०१७ मा उक्त फेस्टिभलमा लगभग १.८ करोड मानिस पुगेका थिए । त्यसबाट चीनलाई लगभग ५० हजार करोड नाफा
भएको थियो । 

यो फेस्टिभल पहिलोपटक सन् १९८५ मा राखिएको थियो । 

सन् २००७ मा क्यानडेली चिकित्सक नर्मन बेथुनेको स्मृतिमा बनाइएको कलाकृति हिउँबाट बनेको संसारको सबभन्दा विशाल कलाकृति भएको थियो । त्यो ८२० फीट अग्लो र २८ फीट चौडा छ । त्यसलाई बनाउन साढे चार लाख
क्युबिक मिटर हिउँ प्रयोग भएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्