भोजपुर– भोजपुर–काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो ।
यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडाँै उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिबारबाट उडान हुने कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ ।
आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।