
चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्ले खारेज गरेको विषय अदालतबाट किनारा नलाग्दै निजी कलेजले विद्यार्थी भर्नाको सूचना निकालेका छन् । विश्वविद्यालयका अधिकारीहरूले निजी कलेजको आह्वान गलत भएको बताए ।
सम्बन्धनको विरोध गर्दै आएका आन्दोलनकारीहरूले अदालतलाई प्रभावित गर्न निजी कलेजहरूले यो काम गरको आरोप लगाएका छन् । विश्वविद्यालयले दिएको सम्बन्धन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परको रिट निवेदनमा सुनवाइ गर्न पुस २६ गते पेसी तय भएको छ ।
विश्वविद्यालयबाट सम्बन्धन पाउने निर्णय भएका कृषिका सातमध्ये ६ वटा कलेजले सूचना निकालेर भर्नाका लागि आवेदन मागेका छन् ।, कान्तिपुरमा खबर छ।