२४ जेठ २०८३, आइतबार

फ्रान्समा पहेंलो ज्याकेट प्रदर्शनकारीले मन्त्रालयमा गरे तोडफोड

फ्रान्समा पहेंलो ज्याकेट प्रदर्शनकारीले मन्त्रालयमा गरे तोडफोड

काठमाडौं — फ्रान्समा शनिवार पहेंलो ज्याकेट लगाएका प्रदर्शनकारी झनै मजबूत भएर सडकमा उत्रे । अनेकौं शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो र विरोधकर्ताले एक मन्त्रालयमा तोडफोड गरे । 

गृह मन्त्रालयले शनिवार सडकमा प्रदर्शनकारीको संख्या ५० हजार रहेको बताए । उता डिसेम्बर २९ मा प्रदर्शन गर्ने मानिसको संख्या ३२ हजार थियो । 

नोभेम्बरको मध्यदेखि हरेक सप्ताहान्तमा भएको प्रदर्शनमा सरकार कमजोर हुँदै गएको देखिन्छ । केही प्रदर्शनकारीले मन्त्रालयको काठको ठूलो ढोकालाई फोर्कलिफ्ट ट्रकले हिर्काएर भत्काइदिए । 

सरकारी प्रवक्ता बेन्जामिन ग्रीभिएसलाई मन्त्रालयबाट उद्धार गरियो । उनले यसलाई गणतन्त्रमाथिको अस्वीकार्य आक्रमणको संज्ञा दिए । 

उनले एएफपीसँग कुरा गर्दै भने, ‘केही पहेंलो ज्याकेट प्रदर्शकारीहरू अनि कालो कपडा लगाएका केही मानिसले निर्माण कार्यमा प्रयोग हुने एक वाहनबाट मन्त्रालयको प्रवेशद्वार भत्काए । त्यो वाहन नजिकैको सडकमा रोकिएर राखिएको थियो ।’

उनका अनुसार, प्रदर्शनकारीहरू आँगनमा प्रवेश गरेर दुई कारमा तोडफोड गरे, केही झ्याल भत्काए अनि भागे । प्रहरीले सीसीटीभी फूटेजबाट उनीहरूलाई चिन्ने कोशिश गरिरहेको छ । 

यसैबीच राष्ट्रपति इम्मानुएल म्याक्रोंले ट्वीट गरेर गणतन्त्र, त्यसका संरक्षक, उसका प्रतिनिधि र उसका प्रतीकविरुद्ध घोर हिंसाको निन्दा गरेको लेखे । 

इन्धन करमा वृद्धिका विरुद्ध फ्रान्समा शुरू भएको पहेंलो ज्याकेट प्रदर्शन चर्किंदै गएर म्याक्रोंको बजार समर्थक नीति तथा सरकारको कार्यशैलीको विरोधमा परिणत भएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्