२५ जेठ २०८३, सोमबार

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजनाको लक्की–ड्र सम्पन्न

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजनाको लक्की–ड्र सम्पन्न

काठमाडौं – नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा सञ्चालित ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजनाको पहिलो चरणको लक्की–ड्र सम्पन्न भएको छ ।

हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं, देव दर्शन यात्राको पहिलो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत् १ सय २० जना विजेताको नाम लक्की–ड्रमार्फत् पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

शिवम् सिमेन्टले पुस ५ गतेदेखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्र्याच कुपन प्राप्त गरी हात खाली नहुने उपहार १ सयदेखि १ हजारसम्म नगद र २ दशमलव ५० ग्रामदेखि १० ग्रामसम्मको सुन समावेश गरिएको थियो भने कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखेर काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्रमा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । योजनाको छोटो समयमै ग्राहकले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।

नेपाल राज्यभरबाट संकलित सो अर्धकट्टी मध्येबाट प्रथम चरणको लक्की–ड्र पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिएको थियोे । जसमध्ये प्रत्येक कुपनबापत २ जना विजेता गरी १ सय २० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् ।

छोटो समयमा उत्साहजनक रुपमा सहभागिता जनाएर योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवारले सम्पूर्ण ग्राहक वर्गलाई हार्दिक धन्यवाद दिँदै अझै योजना अन्र्तगत ‘स्युअर सट’ पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका साथै लक्की–ड्रमा प्रत्येक भाग्यशाली विजेता कुपनमार्फत् २ जना गरी ३ सय ६२ जनाका लागि हेलिकप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको जनाएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रमाइजको नारा सहित विभिन्न क्षेत्रजस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जनजस्तो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभर नै ग्राहकद्वारा अत्याधिकविश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । 

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौंडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, ‘ क्वालिटीको मामलामा नो कम्प्रमाइज’, तथा ‘अटुट कम्प्रमाइज स्ट्रेन्थ’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । 

‘उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनामा आफ्नो योगदान दिन सफल भएको छ, जस्तैः काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरू इत्यादि,’ कम्पनीद्वारा प्रेषित विज्ञप्तिमा लेखिएको छ ।

आईएसओः ९००१, आईएसओः १४००१, आईएफएसएएसः १८००१, आईएसआई, यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्