
काठमाडौं — अफगानिस्तानको फरयाब प्रान्तमा रहेको अल्मार र अन्दखोई जिल्लामा तालिबान आतंकवादीहरूमाथि गरिएको हवाई आक्रमणमा तीन महत्त्वपूर्ण कमान्डर सहित ३४ आतंकवादी मारिएका छन् भने अन्य २० जना घाइते भएका छन् ।
सेनाले सोमवार वक्तव्य जारी गर्दै अल्मारमा आइतवार गरिएको हवाई आक्रमणमा तालिबान सेनाका कमान्डर मौलवी हबीबुल्लाह, वित्तीय तथा आपूर्ति व्यवस्थापक मुल्ला अमरुद्दीन र आतंकवादी समूहका नेता सैयद जैनुद्दीन समेत २०
जना मारिएको जानकारी दियो ।
सूत्रहरूका अनुसार, राति चलाइएको यो अभियानमा दुईवटा ट्यांक पनि नष्ट गरियो । स्थानीय अब्दुल रसूलले पनि तालिबानका तीन शीर्ष कमान्डरको मृत्युको पुष्टि गरे ।
यो सैन्य अभियानमा आतंकवादीहरूले भारी नोक्सानी बेहोर्नुपरेको छ ।
सुरक्षा बलले अन्दखोई जिल्लाको टोकोजमा हवाई आक्रमण गर्दा १४ आतंकवादी मारिए ।
तालिबानले पनि यो आक्रमणको पुष्टि गरेको छ तर हालका लागि विस्तारमा केही पनि बताउन चाहेन ।
एजेन्सी