
काठमाडाैं- शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् ।
उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो । कतिपय शिक्षक अनुत्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् । आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ । आयोगले ९ प्रकारको विज्ञापन गरेकामा कुनैमा मागभन्दा बढीले लिखित पास गरका छन् ।
आयोगले २२ हजार ७६ पदका लागि आन्तरिकतर्फ विज्ञापन गरेकामा २३ हजार ३ सयले आवेदन दिएका थिए । तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन् ।, कान्तिपुरमा खबर छ ।