
गत वर्ष साउदी अरबले महिलालाई का चलाउने दिने निर्णय गरेको थियो । यसका लागि अन्तराष्ट्रिय स्तरमा साउदी अरबको तारिफ भएको थियो ।
यसका साथ त्यहाँ महिलामाथि लागेको प्रतिवन्ध समाप्त भएको छैन । खास गरेर त्यहाँका महिलामाथि पुरुष अभिभावक व्यवस्था लागू छ । यसका अनुसार कोही पनि महिलाका लागि ठूलो फैसला लिने अधिकार केवल उसका बुबा, भाइ, पति या छोरासँग मात्र छ ।
यसै वर्ष जनवरीमा महिलामाथि लागेको यो प्रतिवन्ध तव सार्वजनिक भयो जब आफ्नो परिवारलाई छोडेर भागेकी एक साउदी महिलाले आफूलाई थाइल्याण्डको बैंककमा एक होटलको कोठामा बन्द गरिन् ।
१८ वर्षीय रहाफ मोहम्मद अल कुनूनका अनुसार यदी उनलाई फिर्ता पठाए उनका घरवालाले उनको हत्या गरिदिनेछन् ।
साउदी अरबमा महिलालाई पासवर्ड बनाउन, देशको बाहिर जान, विदेनमा पढ्न या सरकारसँग स्कलरशिपका लागि आवेदन गर्न, विवाह गर्न, जेलबाट छुट्न, यौन हिंसा पीडितका लागि बनाइएको आश्रय गृह छोड्नका लागि आफ्ना पुरुष नातेदाको सहयोग लिन अनिवार्य छ ।