१० असार २०८३, बुधबार

गर्मी बढेसँगै भेँडीगोठ लेकतिर, साढे २० हजार भेठाबाख्रा उकालो लागे

कात्तिक २०, २०७४
गर्मी बढेसँगै भेँडीगोठ लेकतिर, साढे २० हजार भेठाबाख्रा उकालो लागे
बेँसीसहर, लमजुङ, २५ फागुन –जाडो मौसम छल्नका लागि बेँसीतिर सारिएका भेंडीगोठ पुनः लेकतिर सर्न थालेका छन् । हिमाली भेगबाट चिसो छल्नका लागि गाउँ र बस्ती नजिकै डाँडाकाँडामा आइपुगेका भेंडीगोठ गर्मी बढ्न थालेकाले लेक र खर्कमा फर्कन थालेका हुन् ।

उत्तरपश्चिम लमजुङका भेंडीगोठ मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन् । विशेष गरी दूधपोखरी नजिकै थुर्जु लेक, लमजुङ हिमालको काखलगायतका ठाउँ भेंडिगोठको लागि प्रख्यात छ ।

पश्चिम लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, घलेगाउँ, उत्तरी लमजुङको सिउरुङ, ताघ्रिङ, भूलभूले, र उत्तर पूर्वी लमजुङको इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनीलगायतका ग्रामीण क्षेत्रमा भेंडीगोठ उल्लेख्य मात्रामा छन् ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा २१ गाविसका ८१ वटा भेंडीगोठ छन् । ती भेंडी गोठमा २० हजार चारसय २४ भेंडाबाख्रा रहेको कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।

लमजुङमा भेंडीगोठ ६ महिना लेंक र ६ महिना बेँसीमा रहने गर्छ । अहिले उकालो लागेका भेंडिगोठ जाडो बढ्न थालेपछि पुनः बँेसी सर्ने गर्दछन् ।

salt training

कमेन्ट गर्नुहोस्