०५ साउन २०८३, मंगलबार

पृथ्वी जयन्तीमा पोखरामा हेलिकप्टरबाट पुष्पवृष्टि, पृथ्वीनारायणको शालिक पुनर्स्थापित गर्न माग

पुस २७, २०७५
पृथ्वी जयन्तीमा पोखरामा हेलिकप्टरबाट पुष्पवृष्टि, पृथ्वीनारायणको शालिक पुनर्स्थापित गर्न माग

पोखरा – २९७औं पृथ्वीजयन्ती एवं एकता दिवस पोखरामा शुक्रवार भव्य रूपमा मनाइएको छ ।

विभिन्न ११ वटा संघ-संस्थाले झाँकी सहित निकालेको र्‍यालीले पोखराको बजार परिक्रमा गर्‍यो । मानव अधिकार चोक चिप्लेढुंगाबाट निस्केको र्‍यालीमा क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी समाज, दशनामी समाज लगायत ११ वटा जातीय संघ-संगठन सहभागी थिए ।

सो अवसरमा पृथ्वीनारायण शाहको तस्वीरअंकित हेलिकप्टरलेले पोखराको आकाश परिक्रमा गर्दै पुष्पवृष्टि समेत गरेको थियो । सो दृश्यमा मानिसहरू रोमाञ्चित बनेका थिए । 

उनीहरूले नेपालको एकीकरणकर्तालाई राज्यले उपेक्षा गरेको भन्दै निर्णय सच्चाउन आग्रह गरेका थिए । देशमा लोकतन्त्र आएपनि पृथ्वीनारायण शाहले गरेको एकीकरण बिर्सन नहुने उनीहरूले बताए ।

पृथ्वीजयन्ती संयुक्त मूल समारोह समितिले आयोजना गरेको बाजागाजा र भजन चुड्कासहितको र्‍यालीमा उल्लेख्य मानिसको सहभागिता थियो । र्‍याली पृथ्वीचोक पुगेर सभामा परिणत भयो ।

र्‍यालीका सहभागीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापित गर्न माग गरे ।

पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तत्कालीन माओवादीले तोडफोडपछि सो ठाउँमा हाल लखन थापाको अर्धकदको शालिक राखिएको छ ।

पृथ्वीजयन्ती संयुक्त मूल समारोह समितिले सो ठाउँमा लखन थापाको शालिक हटाएर पृथ्वीनारायण शाहको शालिक राख्न माग गरेका छन् ।

र्‍यालीका कारण पोखराको ट्राफिक व्यवस्था ३ घण्टासम्म अस्तव्यस्त भएको थियो । विगत वर्षमा भन्दा यसपालि पृथ्वीजयन्ती मनाउनेको संख्या बढी थियो ।

salt training

कमेन्ट गर्नुहोस्