
काठमाडौं– हिमालयन बैंक लिमिटेडले मास्टरकार्ड डेविट कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टर कार्ड सँगको सहकार्यमा अत्याधुनिक र सुरक्षित ‘चिप र पिन’ सहितको प्रविधियुक्त डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले शुक्रबार एक कार्यक्रमकाबीच यो सेवाको औपचारिक शुरुवात गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टर कार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले मास्टर कार्ड डेविट कार्डको औपचारिक सुरुवात गरे ।
ग्राहकहरुले मास्टर कार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा होटल, रेष्टुरेन्ट लगायतमा २० प्रतिशतसम्म छुट पाइने बैंकले जानकारी दिएको छ ।
नयाँ खाता खोल्ने ग्राहकलाई डेविट कार्ड सेवा निशुल्क उपलब्ध गराइने बैंक्ले जानकारी दिएको छ ।
बैंकका कार्यकारी प्रमुख राणाले मास्टर कार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।
त्यस्तै मास्टर कार्डका दक्षिण एसियाका प्रमुख पोरुष सिंहले हिमालयन बैंकसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।