२६ जेठ २०८३, मंगलबार

सरकारले नै गरिदिन्छ विहे, सुनका गहना पनि सरकारले नै दिन्छ

सरकारले नै गरिदिन्छ विहे, सुनका गहना पनि सरकारले नै दिन्छ

विवाहको लागि गर्नुपर्ने खर्चका कारण पैसाको जोहो गर्न धेरै परिवार जुटेका हुन्छन् ।

कमाइ नभएका कारण विवाह गर्ने उमेर भएर पनि युवा युवतीले विवाहलाई सार्ने गरेका छन् । तर विश्वमा यस्तो पनि देश छ जहाँ विवाह सरकारले नै गरिदिने गरेको छ । सामूहिक रुपमा गरिने यस्तो विवाहमा आकर्षण पनि बढ्दै गएको छ । 

अंग्रेजी नयाँ वर्षको अघि गरिने यस्तो विवाह बारे तपाइले सुन्नु भएको छ ?

इन्डोनेसिया यस्तो सामूहिक विवाह लोकप्रिय हुँदै गएको छ ।

विवाहमा दुलाहाले दुलहीलाई दिनुपर्ने सुनको गहना सरकारले नै व्यवस्था गरिदिएपछि यो विवाहले लोकप्रियता पाएको हो ।

 प्रत्येक अंग्रेजी वर्षको अन्तिम दिन सरकारले जकार्ता सहरमा सामूहिक विवाहको आयोजना गर्छ ।

यसपटक विवाह गर्न ५ सय जोडी सहभागी भएका थिए । गत वर्ष सम्पन्न सामूहिक विवाहमा इस्लामिक स्टेट समर्थकले आक्रमण गरेपछि यो वर्ष सरकारले विवाह स्थलमा विशेष सुरक्षा व्यवस्था मिलाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्