०१ असार २०८३, सोमबार

अमेरिकामा बस्ने एक भारतीयलाई आतंकवादको मुद्दामा १५ वर्षे जेल सजाय

कात्तिक २०, २०७४
अमेरिकामा बस्ने एक भारतीयलाई आतंकवादको मुद्दामा १५ वर्षे जेल सजाय
काठमाडौं, २५ फागुन — अमेरिकामा बसेका एक ४१ वर्षीय भारतीय मूलका नागरिकलाई मंगलवार १५ वर्षको कारावास सजाय सुनाइएको छ । उत्तरी नेभादामा बसेर भारतमा आतंकवादी आक्रमण गर्ने षड्यन्त्र गरेको अभियोगमा उनलाई सजाय दिइएको हो ।


अमेरिकाका डिस्ट्रिक्ट जज ल्यारी हिक्सले बलविन्दर सिंहलाई सजाय काटेर निस्केपछि पनि जीवनभरि प्रहरी निगरानी राख्नुपर्ने फैसला दिए । सिंहले दुई दशकभन्दा बढी भारतका आतंकवादी समूहसँग सम्पर्क राखेको भनी अभियोजनकर्ताहरूले बहस गरेका थिए ।

‘यो अविश्वसनीय रूपमा गम्भीर कसूर हो,’ हिक्सले भने ।

सिंहले आफूलाई भारत सुपूर्दगी नगर्न अनुरोध गरेको भएपनि उनलाई सुपूर्दगी गर्न अमेरिकी अटर्नी ब्रायन सलिभानले बताए । सन् २००६ को अप्रिलमा एक यात्रुवाहक बसमा आक्रमण गरेर तीनजनाको हत्या गरेको अभियोगमा सिंहमाथि भारतमा मुद्दा चलेको छ ।

द डनबाट

salt training

कमेन्ट गर्नुहोस्