०४ असार २०८३, बिहीबार

ढड्डामै किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा

ढड्डामै किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा

धनकुटा– मालपोत कार्यालयको दर्ता पुस्तिका (ढड्डा) मै किर्ते (केरमेट) गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । साबिकको अर्खौलेजितपुर गाविस र हालको महालक्ष्मी नगरपालिकाको नामको १९ रोपनीभन्दा बढी महत्त्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो।

महालक्ष्मी नगरपालिका ७ मा रहेको १९ रोपनी १० आना स्थानीय गोकर्ण तुम्बाको नाममा दर्ता भएको हो। तिरो तिर्न नगरपालिकामा पुगेका बेला नगरकै कित्ताको जग्गा रहेको रहस्य खुलेको छ । महालक्ष्मी नगरपालिकाको सदरमुकाम अर्खौलेजितपुरको मुख्य चोक नजिकको जग्गा २०६८ चैत ३० गते तुम्बाको नाममा दर्ता गरिएको नगरपालिकाका शाखा अधिकृत सन्तोष दर्जीले बताए ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्