१० असार २०८३, बुधबार

चीनमा कोइलाखानी भासिँदा २१ जनाको मृत्यु

चीनमा कोइलाखानी भासिँदा २१ जनाको मृत्यु

काठमाडौं — चीनको उत्तरी भागमा रहेको एक कोइलाखानीको छत भासिँदा कम्तीमा २१ जना मजदूरको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

शनिवार भएको दुर्घटनामा ६६ जना मजदूरहरूलाई उद्धार गरिएको छ । घटना शान्शी प्रान्तमा रहेको शेन्मु शहरनजिकको लिजियागोउ खानीमा भएको हो । 

खानी भासिनुको कारणको अनुसन्धान भइरहेको आधिकारिक शिन्ह्वा समाचार संस्थाले जनाएको छ । 

चीनमा सुरक्षा सुधारका विभिन्न प्रयास भए पनि खानी दुर्घटना भइरहन्छन् । 

लिजियागोउ खानी बाइजी खानी कम्पनीले सञ्चालन गर्ने गरेको छ । घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । 

गत अक्टोबर महिनामा पूर्वी शान्दोङ प्रान्तमा रहेको एक खानीमा भूमिगत चट्टान खसेपछि २१ मजदूरहरू मारिएका थिए ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्