काठमाडौं, २५ फागुन– मन्त्रिपरिषद्को बैठकले सप्तरी घटनामा मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।
बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले घटनाको जाँच गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । जाँचबुझ आयोगलाई १५ दिनभित्रमा कार्यदेश पेश गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।
बैठकले सप्तरी घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमवार सप्तरीमा भएको सभापछि मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीको बीचको झडपमा ४ जनाको मृत्यु भएको थियो ।