काठमाडौं, २६ फागुन- शिक्षा मन्त्रालयले कक्षा ११ को नतिजा ‘लेटर ग्रेडिङ’ पद्धतिमा निकाल्ने तयारी गरेको छ ।

गत वर्षदेखि कक्षा १० को परीक्षा (तत्कालीन एसएलसी) लेटर ग्रेडिङ सुरु गरेको मन्त्रालयले यस वर्षदेखि कक्षा ११ को नतिजा पनि लेटर ग्रेडिङ पद्धतिमा निकाल्न लागेको हो । मन्त्रालयले यसका लागि आवश्यक कार्यविधि बनाउँदै छ, आजको नयाँ पत्रिकामा खबर छ |
शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले कक्षा ११ मा लेटर ग्रेडिङमा नतिजा निकाल्न सैद्धान्तिक सहमति पाइसकेकाले कार्यविधि बनाउने प्रक्रिया सुरु भएको जानकारी दिए ।