०१ असार २०८३, सोमबार

डाक्टरको भेषमा रहेका आक्रमणकारीले जब हान्न थाले गोली...

कात्तिक २०, २०७४
डाक्टरको भेषमा रहेका आक्रमणकारीले जब हान्न थाले गोली...

काबुल, २६ फागुन-अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा भएको आक्रमणमा ३० जनाको मृत्यु भएको छ । डाक्टरको भेषमा आएका आईएसका बन्दुकधारीले आक्रमण गरेका हुन्, आजको राजधानीमा खबर छ ।afgan

अफगान रक्षा मन्त्रालयले आक्रमणकारीले सरदार दाउद सैनिक अस्पतालको मुख्य ढोकामा आत्मघाती हमलापछि भवनभित्र छिरेर कर्मचारी र विरामीमाथि गोली चलाउन सुरु गरेका थिए । मारिनेमा अस्पतालका डाक्टर, नर्स र विरामी समेत रहेका छन् ।

आक्रमणपछि हेलकप्टरबाट अमेरिकी राजदूतावास नजिकै रहेको ४ सय शैय्याको सो अस्पतालको छतमा उत्रिएका कमाण्डो टोलीका सदस्यसँगको घन्टौ लामो भिडन्तपछि चार हमलाकारी मारिएका थिए । प्रत्यक्षदर्शीले आक्रमणकारी डाक्टरको पोसाकमा रहेको जनाएका छन् ।

आक्रमणपछि अस्पतालमा रहेका सबै विरामीलाई निकालिएको थियो । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले आक्रमणको जिम्मेवारी लिएको छ । तालिवानले यो आक्रमणमा आफ्नो कुनै प्रकारको संलग्नत अस्वीकार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्