३१ जेठ २०८३, आइतबार

उत्तर कोरियाविरुद्ध सैन्य कारवाही स्थगित गर्ने चीनको सुझाव अमेरिकाले मानेन

कात्तिक २०, २०७४
उत्तर कोरियाविरुद्ध सैन्य कारवाही स्थगित गर्ने चीनको सुझाव अमेरिकाले मानेन
काठमाडौं, २६ फागुन — अमेरिकाले कोरियाली प्रायद्वीपमा सैन्य गतिविधि रोकेमा उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र तथा आणविक परीक्षण स्थगित गर्न सक्ने भनी चीनले दिएको सुझावलाई अमेरिकी अधिकारीहरूले खारेज गरेका छन् ।


अमेरिकाको स्टेट डिपार्टमेन्टले यो व्यावहारिक सम्झौता नभएको बतायो भने संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी राजदूत निक्की हेलीले उत्तर कोरिया तर्कसंगत नभएको बताइन् ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धलाई तोड्दै सोमवार चारवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि चीनको सुझाव आएको थियो ।

क्षेप्यास्त्रको प्रतिक्रियास्वरूप अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र सुरक्षा कवच थाड राखेको थियो ।

यसका साथसाथै अमेरिकाले दक्षिण कोरियाको सेनासँग संयुक्त अभ्यास गरेको छ जसकारण उत्तर कोरिया चिढिने गर्छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्