काठमाडौं, १ पुस — सिरियाको पूर्वी अलेप्पोबाट नागरिक र विद्रोहीहरूलाई उद्धार गरी अन्तै लग्ने काम भइरहेको छ । युद्धविराम कायम रहेकाले उद्धारकार्य सहज भएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार उद्धारकर्मीहरू कार्य जारी राख्न चाहन्छन् ।
बिहीवार तीन हजारभन्दा बढी मान्छेलाई बसमा चढाएर अन्तै लगिएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार ५० हजारजना जति अझै शहरमा फँसेका छन् ।
रुसको समर्थनप्राप्त सिरियाली सेनाले विद्रोहीको कब्जामा रहेका लगभग सबै भूभाग नियन्त्रणमा लिएका छन् ।
अमेरिकाले सिरियाली सरकारलाई शहरमा नरसंहार गरेको आरोप लगाएको छ । तर सिरिया र रुसले नागरिकहरूमाथि आक्रमण नभएको भनी लगातार बताइरहेका छन् ।
चार वर्षदेखि चलेको द्वन्द्वमा परी ठूलो संख्याका सर्वसाधारणसहित हजारौं मानिस मारिएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस तथा टर्की पूरै सिरियाभरि युद्धविराम गराउन लागिपरेको बताएका छन् ।
बीबीसी