
आफ्नो आगामी ब्लकवास्टरका लागि सलमान खान एक पटक फेरि सानो पर्दामा ठूलो दाउ लगाउन लागि परेको छ ।
तर, यसपटक कुनै रियालिटी शोमा जज गर्न वा कुनै कार्यक्रम होस्ट गर्ने तयारीमा भने उनी छैनन् । सलमान खान मोबाइल, ल्यापटप लगायतका ग्याजेट्सको जगतमा हात हाल्ने तरखरमा जुटेका छन् ।
इकोनोमिक टाइम्सको एक समाचार अनुसार सलमान खान चाँढै एक नयाँ उत्पादनमा उत्रने तयारीमा छन् । उनको आगामी कदम स्मार्टफोन बनाउने तयारीमा रहेको छ । मोगा स्टार सलमान खानले बलिउडमा कयौं हिट्स फिल्म दिएका छन् । यहि सफलताका कारण उनी व्यापारमा हात हाल्ने तयारीमा लागेका हुन् ।
अब सलमान ठूला लागानीका साथ स्मार्ट फोन ल्याने तयारीमा छन् । जसमा उनी शेयर होल्डर रहन्छन् वा उनको परिवारको लगानी वा उनी स्वयंको मात्र लगानी भन्नेबारे स्पस्ट भने भइसकेको छैन ।
सलमानका कार्यकारीले बताए अनुसार उनी दुई वर्षदेखि मोबाइल उत्पादन गर्नेे तयारीमा थिए ।
बीइंग ह्युमनका ब्राण्ड मालिक बलिउड सुपरस्टार सलमान खानले मध्यम मार्केट सेगमेन्टमा आफ्नो स्मार्ट फोनका लागि बीइंगस्मार्ट ट्रेडमार्क रजिस्टर गराएका छन् ।
उनी चिनियाँ कम्पनी तथा शुरुवाती फोनको मोडल्स पनि छान्नमा व्यस्त छन् जो एन्ड्रोइड भर्सनमा हुनेछ र त्यसको २० हजार भन्दा कम मूल्यमा आउने बताइएको छ ।
शुरुमा यो फोन अनलाइका माध्यमबाट बेचिनेछ । यसबाट भएको फाइदा सामाजिक काममा लगाइने सलमानले जनाएका छन् ।