०५ साउन २०८३, मंगलबार

तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जान्छन् : मुख्यमन्त्री राई

तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जान्छन् : मुख्यमन्त्री राई

उर्लाबारी-  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । 

मोरङको पथरी, शनिश्चरे नगरपालिका फ्रेण्डसिप चेस क्लब, मोरङको आयोजनामा आजदेखि शुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राईले तीनवटै तह सरकारको लक्ष्य समृद्धि र विकाश भएको बताउनुभयो । 

मुख्यमन्त्री राईले देशमा पहिलोपटक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले काममा केही ढिला र अल्मिलिए जस्तो देखिएको बताउनुभयो । 

बुद्धिचाल खेल रणनीतिक महत्वको खेल रहेको चर्चा गर्नुहुँदै मुख्यमन्त्री राईले बुद्धिचाल खेलले बौद्धिक अभ्यासमा मात्र होइन, मानिसलाई मागदर्शन र स्वभाविक गतिमा हिँड्न प्ररेणा दिने उल्लेख गर्नुभयो । 

पाँच दिनसम्म चल्ने प्रतियोगितामा देशभरिका १५० भन्दी बढी खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ४० हजार, तेस्रो हुनेलाई रु ३० हजार, चौथो रु २० हजार, पाँचांै हुनेलाई रु १५ हजार गरी उत्कृष्ठ १५ लाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्