१७ असार २०८३, बुधबार

कर्णालीमा चढ्न पाइने भयो ‘रेल’, डिजेलबाट चल्ने रेलमा चार डिब्बा

माघ ६, २०७५
कर्णालीमा चढ्न पाइने भयो ‘रेल’, डिजेलबाट चल्ने रेलमा चार डिब्बा

सुर्खेत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रेल भित्रिएको छ । वीरेन्द्रनगरको घण्टाघरमा व्यवसायी चिन्तामणि शर्माले उक्त रेल कुदाउन सुरु गरेका हुन् । 
तर यो रेल मालवाहक भने होइन । 

सुर्खेतको चर्चित पर्यटकीय स्थल घण्टाघर पार्कमा बालबालिकालाई चढाउने सानो रेल सेवा सुरुवात भएको व्यवसायी शर्माले जानकारी दिए । व्यवसायी शर्माले चिल्ड्रेन पार्क निर्माणका लागि ४० लाख बराबरको रकम खर्च गरेको बताए ।  ‘बाल उद्यानमा मात्रै मेरो चालिस लाख जति खर्च हुन्छ ।’ उनले भने, ‘उद्यानमा रेलसहित अन्य झुलाहरु समेत राखेका छौं ।’

डिजेलबाट चल्ने रेल काठमाडौंबाट ल्याइएको शर्माले बताए । ‘रेल काठमाडौंबाट ल्याएका हौं’ उनले भने, ‘डिजेलबाट सञ्चालन हुने भएका कारण एक सय रुपैंया जति दर लगाउने योजना बनाएका छौं । अहिले नै टुगों लागेको छैन ।’
कर्णालीमै पहिलो पटक यस्तो रेल ल्याइएको दाबी उनको छ ।  ‘रेलमा ड्राइभरसहित चार ओटा डिब्बा रहेका छन् ।’ उनले भने, ‘आज साँझबाटै रेल चढन पाईने भएको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्