२३ जेठ २०८३, शनिबार

पाकिस्तानले चीनलाई दियो एक लाख किलो कपाल

पाकिस्तानले चीनलाई दियो एक लाख किलो कपाल

काठमाडौं – पाकिस्तानले चीनलाई विगत पाँच वर्षमा लगभग डेढ करोड रुपैयाँबराबरको एक लाख किलोग्राम मानव कपाल निर्यात गरेको छ । खासमा चीनमा मेकअप इन्डस्ट्रीको विकास हुँदै जाँदा मानव कपालको माग बढिरहेको छ । स्थानीय स्तरमा हेयर एक्सेसोरिज उत्पादन घटेका कारण चीनले मानव केश आयात गरिरहेको हो । 

पाकिस्तानको वाणिज्य मन्त्रालयले संसद्लाई दिएको जानकारी अनुसार, विगत पाँच वर्षमा चीनलाई पाकिस्तानले एक लाख ५ हजार ४६१ किलोग्राम कपाल निर्यात गरेको हो । 

मानिसहरूमा विग लगाउने चलन बढेकाले पनि कपालको आयात बढेको प्रतिष्ठित सौन्दर्यविज्ञ एमएम चौहानले बताए । 

पहिला चिनियाँहरू हेयर एक्सटेन्सन, जुँगा, दाह्री र विग हातैले बनाउँथे तर अहिले स्थानीय कारीगरहरूको साख कमजोर भएको छ । 

चौहानका अनुसार, निर्यातकहरूले हेयर सलोनमा आफ्ना डस्टबिन राखेका छन् । ग्राहकहरूको काटिएको कपाललाई बिनमा जम्मा गरिन्छ । निर्यातक ५ हजारदेखि ६ हजार पाकिस्तानी रुपैयाँ प्रतिकिलो दरमा कपाल किन्छन् । उच्च

गुणवत्ता भएका कपाल अमेरिका र जापानमा पनि निर्यात गरिन्छ किनकि त्यहाँको मनोरञ्जन जगतमा यसको ठूलो माग छ । पाकिस्तानमै पनि हेयर एक्सटेन्सन र विगको माग छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्