
काठमाडौं - संयुक्त अरब इमिरेट्स यूएईसँग एक दिवसीय सिरिज खेल्न १६ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वैकल्पिक खेलाडीका रूपमा थप ३ जना छानिएका छन् ।
आईसीसीका प्रतिनिधि तथा नेपाली टोलीका प्रशिक्षक र कप्तान रहेको छनोट कमिटीले पारस खड्काको कप्तानीमा टोली घोषणा गरेको हो ।
टोलीमा पारसका अलावा उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, विनोद भण्डारी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी छन् ।
यस्तै रोहित पौडेल, अभिनास बोहोरा, भीम सार्की, करण केसी, ललित राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी र सन्दीप जोरा टीममा परेका छन् ।
वैकल्पिक खेलाडीको सूचीमा ललित भण्डारी, सुशान भारी र विक्रम सोबको नाम छ ।
नेपालले यूएईसँग तीन एकदिवसीय र तीन टी-ट्वान्टी खेलको सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी-ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।