
काठमाडौं – सामाजिक सञ्जालमा थुप्रै प्रशंसक भएको १२ वर्षीय पोमेरियन कुकुर बूको मृत्यु भएको छ ।
कुकुरका मालिकहरूका अनुसार, सन् २०१७ मा आफ्नो प्रिय मित्र बडीको मृत्युपछि उसलाई मुटुसम्बन्धी समस्या हुन थालेको थियो ।
बूको आधिकारिक फेसबूक पेजमा उनीहरूले लेखे, ‘बडीको मृत्युपछि बूको दिन टुट्यो जस्तो लाग्छ ।’
फेसबूकमा बूलाई डेढ करोडभन्दा बढी मानिसले फलो गर्छन् । उसलाई धेरैपटक टीभीमा पनि मानिसले हेरेका छन् । उसमाथि एक किताब पनि छ – बू द लाइफ अफ वर्ल्ड्स क्युटेस्ट डग ।
बू र उसको साथी बडी ११ वर्षसम्म सँगै बसे । बडी सेप्टेम्बर २०१७ मा १४ वर्ष उमेरमा मरेको थियो ।
बूका मालिकहरूले उसको मृत्यु शनिवार राति निद्राकै क्रममा भयो ।
बूको मृत्युले उसका मालिकको मात्र नभई प्रशंसकहरूको पनि मन भाँचिएको छ ।
बूले आफूमाथि लेखिएको पुस्तक विमोचन गरेको थियो, अनेकौं सेलेब्रिटीलाई भेटेको थियो, एक अमेरिकी एयरलाइनको एम्बेसडर बनेको थियो र अनेकौं अमेरिकी टीभी शोमा देखियो ।
बूका मालिकहरूले बूका प्रशंसकहरूले चिट्ठी पठाएर उसले आफूहरूलाई खुशी दिएको बताए ।
‘बूको जिन्दगीको उद्देश्य नै यही थियो । बूले संसारभरिका मानिसलाई खुशी दियो ।’
बीबीसी हिन्दीबाट