१० असार २०८३, बुधबार

संवैधानिक परिषद्‍को सिफारिस- वित्त आयोग प्रमुखमा बालानन्द, समावेशीमा शान्तराज

संवैधानिक परिषद्‍को सिफारिस- वित्त आयोग प्रमुखमा बालानन्द, समावेशीमा शान्तराज

काठमाडौं -संवैधानिक परिषद्ले विभिन्न ५ संवैधानिक आयोगमा प्रमुख नियुक्तिका लागि सिफारिसगरेको छ ।

परिषद्को आइतवार अपराह्न सिंहदरवारमा बसेको बैठकले संवैधानिक आयोगहरूका प्रमुख पदमा नियुक्तिका लागि सिफारिसगरेको हो ।

परिषद्ले प्राकृतिक तथा वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुराम चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको छ ।

सिफारिसमा परेका पौडेल र सुवेदी पूर्व सचिव समेत हुन् ।

संविधानको धारा २५० मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन सम्बन्धी व्यवस्था छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले प्रमुख नियुक्त गर्ने प्रावधान छ ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रस्थान गर्नु केही घण्टाअघि बैठक बसेको थियो ।

प्रधामनन्त्री अध्यक्ष रहने परिषद्‌मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ ।

salt training

कमेन्ट गर्नुहोस्